Logo
८ बैशाख २०८१, शनिबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल रेल्वे कम्पनीको पदाधिकारी हुँ भन्दै नियुक्तिपत्र दिएर ठगी गर्ने एकजना पक्राउ

प्रदेश नं २ स्थित जनकपुरधामबाट नेपाल रेल्वे कम्पनीको नियुक्तपत्र पदाधिकारी तथा कर्मचारी रहेको भन्दै विभिन्न नक्कली कागजातहरु देखाई स्थानीय मानिसहरुसंग ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ७ दनौली बनौलीका ३२ वर्षीय सागर कान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीले जानकारी दिएको छ ।

आफुलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै ठगी गरिरहेका चौधरीलाई आइतवार राति जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ स्थित सीता प्यालेस होटल अगाडीबाट पक्राउ गरिएको हो।

चौधरीले आफु लोक सेवाआयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्र लगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाई ठगी गरिरहेको छ सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले पक्राउ गरेको हो ।

चौधरीको साथबाट लोक सेवा आयोग न्युक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना , नेपाल रेल्वे कम्पनी लिमिटेड संतोष रायको नामको नियुक्ति पत्र पाना, संतोष रायकै नामको शपथ ग्रहण पाना, लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड लेखिएको पत्र पाना, नेपाल रेल्वे कम्पनी लिमिटेड शंकर यादवको नामको नियुक्ति पत्र पाना, शंकर यादवकै नामको सपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लि।को राजेश कापरको नाउको दस्तखत भएको खाली चेक २ वटा, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप लगायतका कागजात र समानहरु फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीले चौधरीसँग सोधपुछ गर्दा लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नन्कली कागजातहरु तयार गरी स्थानिय मानिसहरुलाई ठगी गर्न भनी आफुले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नक्कली नियुक्ति पत्र तयार गरी बाडिरहेको छु भनी बताउँदा उनलाई नियन्त्रण लिइएको हो ।

चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्