Logo
१२ बैशाख २०८१, बुधबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले ल्यायो एफजेडएस एफआईको डिलक्स, यस्तो छ विशेषता !

सन् २०२२ को पहिलो उपहारको रुपमा यामाहाले एफजेडएस एफआईलाई नयाँ स्टाइलमा सार्वजनिक गरेको छ । यसको सबैभन्दा माथिल्लो भेरिएन्टको रुपमा एफजेडएस एफआईको डिलक्स भेरिएन्ट समेत सार्वजनिक गरिएको छ ।

एफजेडएस एफआईको २०२२ मोडलको मूल्य १ लाख १६ हजार भारु तोकिएको छ । यो मोटरसाइकल मेट रेड र मेट ब्लु कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा नयाँ फिचरको रुपमा एलईडी टेललाइट देख्न सकिन्छ ।

त्यसैगरी एफजेडएस एफआई डिलक्सको मूल्य १ लाख १९ हजार भारु तोकिएको छ । यो मोटरसाइकल मेटालिक ब्लु, मेटालिक डिप रेड र सोलिड ग्रे कलर अप्सनमा उपलब्ध हुनेछ ।

यो मोटरसाइकलमा नयाँ फिचरको रुपमा कलर्ड अलोय ह्विल, नयाँ ग्राफिक्स, एलईडी फ्ल्यासर्स, एलईडी टेललाइट र ड्युअल टोन कलर्ड सिट जस्ता विशेषता उपलब्ध छन् । मेटालिक ब्ल्याक र मेटालिक डिप रेड कलरमा मात्र ड्युअल टोन कलर्ड सिट उपलब्ध छ ।

एफजेडएस एफआई मोडलका सबै मोटरसाइकलमा १४९ सीसीको इन्जिन छ, जसले १२.४ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ । यी मोटरसाइकलमा ब्लुटुथ इनेबल्ड कनेक्ट–एक्स एप छ, जसले एन्सर ब्याक, लोकेट माई भेइकल, पार्किङ रेकर्ड र हजार्डका साथ राइडिङ हिस्ट्री समेत देखाउँछ ।

त्यसैगरी यसमा सिंगल च्यानल एबीएस, रियर डिस्क ब्रेक, मल्टी फङसनल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र लोअर इन्जिन गार्डसमेतका विभिन्न विशेषता छन् ।

यी दुवै मोडल हेर्दा सानदार छन् भने गजब स्टाइलका कारण युवाको रोजाईमा पर्ने सम्भावना धेरै छ ।नेपाली बजारमा यामाहाले केही समय पहिले एफजेडएस एफआई मोटरसाइकल उपलब्ध गराएको थियो । अब अपडेट गरिएको भेरिएन्ट पनि भविष्यमा आउने अनुमान गर्न सकिन्छ । नेपाल अटो

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्