Logo
१३ बैशाख २०८१, बिहीबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीमा राष्ट्रियसभा निर्वाचनका लागि एमालेद्वारा उम्मेदवारी दर्ता

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका ३ जना उम्मेदवारले उमेदवारी दर्ता गरेका छन् ।

निर्वाचन कार्यालयमा पुगी कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुन कुमार सुनामलाई एमालेले उम्मेदवार दर्ता गरेको निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयनको कार्यक्रम अनुसार एमालेले कास्कीका पौडेललाई खुलातर्फ, नवलपुरकी थनेतलाई महिलातर्फ र स्याङजाका नेपालीलाई दलिततर्फ उम्मेदवार दिएका हुन् ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्