Logo
१९ आश्विन २०८१, शनिबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने भएका छन् ।

सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जान लागेका प्रधानमन्त्री देउवाले त्यहाँ उठाउने एजेण्डाको गृहकार्यमा सरकारका मन्त्रालयहरू जुटिरहेका छन् ।

दुवैतर्फका परराष्ट्र मन्त्रालयबीच आपसी समन्वयमा तयारी भइरहेकाले भ्रमणको औपचारिक घोषणा भइसकेको छैन् । १० तारिखमा उद्घाटन हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सम्बोधन गर्न जाने भन्ने भएपनि अहिलेसम्म जाने टिम र मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीनिकट नेताहरूका अनुसार प्रधानमन्त्री देउवा २५ गते यहाँबाट नयाँ दिल्ली ‘ट्रान्जिट’ बनाएर सिधै गुजरातको अहमदावाद पुग्ने कार्यक्तम रहेको छ । त्यहाँ उनले ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनको औपचारिक भेटवार्ता पनि गुजरातमै हुनेछ । अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री देउवाले सीमा समस्याको समाधान, दुईपक्षीय हितका अन्य विषय र पारवहन थप सहज बनाउने विषय उठाउने बताइएको छ ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्