जसपाले टुंगो लगायो राष्ट्रिय सभाका लागि दुई उम्मेदवार
जनता समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ता गठवन्धन पाँच दलबीच भएको भागबण्डामा जसपाले २ सिट पाएको थियो ।