Logo
२६ आश्विन २०८१, शनिबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्यामा संलग्न रहेको आशंकामा भारतीय नागरिक पक्राउ, डीएनए परीक्षणका लागि पठाइयो

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३  किशोरी निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ ।

भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन ।कञ्चनपुरको भीमदत्त नगरपालिकाकी वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो ।

उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् ।प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको थियो ।

अलि थरका ती युवालाई प्रहरीले पहिलेदेखि नै खोजी जारी राखेको जनाएको छ । उनी पनि एक शंकास्पद हुन् । पक्राउ परेका उनको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि विभिन्न व्यक्तिको बयानका आधारमा ती युवा निर्मलासँग नजिक रहेको र कहिलेकाहिँ जिस्क्याउने गरेको पाइएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

अलि पहिलेदेखि नै हाम्रो शंकाको घेरामा थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘घटनालगत्तै उनी भारत गएका थिए । अहिले नेपाल आएपछि हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ, अनुसन्धान जारी छ ।’

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्