Logo
६ बैशाख २०८१, बिहीबार
(January 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

आज पौष कृष्ण औँसी ! हरेक वर्ष पौष कृष्ण औँसीका दिन गरिने गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदैछ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

पितृलाई दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो।उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा रहेको नेपाल संस्कृत विद्ले बताउँछन् ।

आज काठमाडौंको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गममा रहेको बेत्रावती, बराहक्षेत्र, विष्णुपादुकालगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

 

प्रकाशित मिति: Jan 2, 2022

प्रतिक्रिया दिनुहोस्