Logo
१३ बैशाख २०८१, बिहीबार
(December 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै लामो कपाल भएको यस्तो गाउँ, जहाँ महिलाकै कपाल हेर्नकै लागि आउँछन् हजारौं पर्यटक !

पछिल्लो समयमा पर्यटन व्यवसाय प्रति मानिसको ध्यान केन्द्रीत भइरहेको छ । पर्यटन व्यवसायप्रति मानिसको रुचि दिन प्रतिदिन बढ्दै गइरहेको छ र पर्यटनलाई कसरी पवद्र्धन गर्न सकिन्छ भनेर अनेक तौर तरिका अपनाउने गर्छन् ।

आज हामी तपाइलाई महिलाहरुको लामो कपालका कारण नै पर्यटनको केन्द्र विन्दु बन्न पुगेको गाउँको बारेमा हामी तपाइलाई जनाकारी दिन गइरहेका छौं ।

खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । गाउँले महिलाहरुको लामो कपालका कारण प’र्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।

उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ ।

महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्राय रातो रङको कपडा लगाउँछन् ।

आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवा’न्वित हुन्छन् । यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।

रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो ।

कपाल नुहाउँदा समेत निलो स्का’र्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ ।

 

प्रकाशित मिति: Dec 31, 2021

प्रतिक्रिया दिनुहोस्