काठमाडौंसहित पहाडी र हिमाली क्षेत्रमामा हिमपात {फोटो फिचर}
काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाडौं को चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका मंगलबार रातिदेखि डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ ।
बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ ।
यस्तै त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाण्डौ जोड्ने सडक अवरुद्ध भएको छ । वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् ।
यस वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । त्यस्तै रसुवाको उत्तरी भाग र इलाममा पनि हिउ परको छ । हिउ परेसँगै चिसोको कारण त्यहाँको जनजीवन प्रभाबित बनेको छ ।