Logo
२५ आश्विन २०८१, शुक्रबार
(December 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ प्रचण्डले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदन {पूर्णपाठ}

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उनले पेश गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक प्रतिवेदनमा समसामयीक विषयमा पार्टीको धारणा समेटिएको छ ।

प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने समेटिएको छ ।

व्यक्तिवाद हाबी हुँदै जाँदा क्रान्तिकारी रुपान्तरण जटिल विषय बनेको दाहालको निष्कर्ष छ ।प्रतिवेदनमा अध्यक्ष दाहालले पार्टीभित्र व्यक्तिगत पद प्रतिष्ठा, लाभ र स्वार्थका निम्ति जस्तोसुकै खराब काम गर्न पछि नपर्ने प्रवृत्ति विकास हुँदै गएको औंल्याएका छन् ।

उनले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रूपमा तीन वटा गल्ती गरेको स्वीकार्दै आत्मसमीक्षा गरेका छन् । पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई उनले पहिलो गल्ती ठानेका छन् ।

सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि दाहालले आफ्नो गल्ती ठम्याएका छन् । तर, यसको अर्थ प्रचण्डपथ पुनःस्थापित गर्नुपर्छ भन्ने नभएको पनि उनले प्रतिवेदनमा प्रष्टीकरण दिएका छन् ।

पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव पनि अध्यक्ष दाहालको प्रतिवेदनमा छ । यसका लागि पार्टीका नेता कार्यकर्ताले अनिवार्य वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उनको प्रस्ताव छ ।

दाहालले ‘खुला र प्रतिस्पर्धाको राजनीतिमा निजी सम्पत्ति छाडेर सामूहिक जीवन पद्धति अँगाल्ने दिशातिर अग्रसर सांस्कृतिक नेता कार्यकर्ताको विकास गर्न सम्भव छ ?’ भनेर प्रश्न समेत उठाएका छन् ।

 

प्रकाशित मिति: Dec 28, 2021

प्रतिक्रिया दिनुहोस्