Logo
१३ बैशाख २०८१, बिहीबार
(December 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शनमा चिनियाँ नेतासँग भेट गरेका हुन् ।

भेटवार्तामा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेका थिए ।

नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेको नेता पुनले बताए ।

चिनियाँ पक्षले नेपालका वामदलहरु एक भएर अघि बढून् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए ।थाइल्याण्डको बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्विपीक्षय भेटवार्तामा जुटेका हुन् ।

जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Dec 28, 2021

प्रतिक्रिया दिनुहोस्