लागु औषधसहित पर्साबाट एक जना पक्राउ
प्रदेश नं २ स्थित पर्साबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफ रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
प्रहरीले सर्राफको साथबाट लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल बरामद गरेको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।