Logo
१२ बैशाख २०८१, बुधबार
(December 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको ध्वंसात्मक आन्दोलन नियन्त्रण गर्न सिराहामा आज र भोलि निषेधाज्ञा जारी

सिके राउतको ध्वंसात्मक आन्दोलन नियन्त्रण गर्न आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सिराहाले निषेधाज्ञा जारी गरेको छ ।

आज र भोलि राजमार्ग क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताएका छन् ।

तोकिएको समयभरि राष्ट्रिय राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात चल्न दिइने छ भने घर बाहिर हिडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा लगायतका गतिविधि गर्न पाइने छैन ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय राजमार्ग र चोहर्वादेखि सिराहा सडक खण्डको पिकेराज पेट्रोल पम्पसम्म ५०० मिटर आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

जनमत पार्टीका कार्यकर्ताले केही दिन अघिदेखि सिराहमा आन्दोलनका नाममा सडकमा सवारी साधनहरु तोडफोड गर्दै आएको छ ।

 

प्रकाशित मिति: Dec 28, 2021

प्रतिक्रिया दिनुहोस्