Logo
२६ आश्विन २०८१, शनिबार
(December 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि

नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’ शीर्षकमा स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि दिइएको परीक्षा नियन्त्रक डा बाबुराम आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महेश सन्यास आश्रमले सञ्चालन गरेको महेश गुरुकूलमा अध्ययन गरी त्यहीँको प्रधानाध्यापकका रुपमासमेत सेवा गरिसेका गिरी पछिल्लो समय पूर्वीय दर्शनलाई प्रविधिसँग जोडेर आममानिसलाई पठनपाठनमा सहजता बनाउने अभियानमा लागे ।

उनले चार लाख शब्द समावेश भएको संस्कृतनेपाली विद्युतीय शब्दकोश तयार गरी सार्वजनिक गरे । शब्दकोशमार्फत उनले पूर्वीय दर्शनलाई प्रविधिसँग जोडे ।

शब्दकोशबाट संस्कृत, नेपाली, अङ्ग्रेजी र हिन्दी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोश एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी केएन स्वामी डटकममा पनि शब्दकोश हेर्न सकिन्छ ।

केशवानन्द हाल राष्ट्रिय गुरुकूल परिषद् नेपालका अध्यक्षसमेत छन् । परिषद्मार्फत देशभरका गुरुकूलको स्तरोन्नति एवं पठनपाठन सुधारमा केशवानन्दले ध्यान केन्द्रित गर्दै आएका छन् ।

पूर्वीय दर्शनका विभिन्न पुस्तकलाई आधुनिक साजसज्जासहित शुद्ध स्वरुपमा प्रकाशन गरिदिएर पनि उनले पूर्वीय दर्शनको ज्ञान लिन चाहनेका लागि ठूलो गुण लगाएका छन्।

प्रकाशित मिति: Dec 27, 2021

प्रतिक्रिया दिनुहोस्