पृथ्वी जयन्तीमा नेपाली सेनाले कविता प्रतियोगिता आयोजना गर्ने
नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यसै सन्दर्भमा “३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” को पूर्व सन्ध्यामा नेपाली सेनाद्वारा गैह्र सैनिक व्यक्तिहरुलाई समेत समावेश गरी “राष्ट्रिय कविता प्रतियोगिता-२०७८” आयोजना गर्न लागेको हो ।
राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा विगतका बर्षहरुमा झै यस वर्ष पनि नेपाली सेनाले विविध कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाउन लागेको हो ।
उक्त प्रतियोगितामा आफ्नो कविता प्रस्तुत गर्न ईच्छुक महानुभावहरुले मिति २०७८ पौष १७ गतेभित्र नेपाली सेनाको ईमेल ठेगाना [email protected] मा आफ्नो कविता पठाउन सकिने छ भने उक्त प्रतियोगिताका नियम तथा प्रतियोगिता सम्बन्धी सूचना प्रति-१ (एक) यसैसाथ संलग्न गरिएको छ ।
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबपेजwww.nepalarmy.mil.np मा गई आवश्यक जानकारी प्राप्त गर्न सकिने छ ।
साथै, उक्त प्रतियोगितामा उत्कृष्ट हुन सफल १० जना सर्जकहरुलाई जनही रु २०,०००।-(बीसहजार) तथा थप छनौट भएका २० जना सर्जकहरुलाई जनही रु. ५,०००।(पाँचहजार)नगद र प्रमाण-पत्र प्रदान गरिने छ ।