Logo
२७ आश्विन २०८१, आईतबार
(December 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजको महाधिवेशनमै छलफल हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेज महाधिवेशनमै छलफल हुने भएको छ ।

आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले बैठकमा पेसमात्रै भएको र छलफल भने महाधिवेशनमै हुने बताए ।

त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिको प्रस्तावलाई अनुमोदन गरेको छ । बैठकले पार्टीको अन्तरिम विधान संशोधन गर्दै १५ जना पदाधिकारी रहने प्रस्तावसमेत महाधिवेशनमा लैजाने निर्णय गरेको छ।

महराका अनुसार केन्द्रीय समितिको अकार २९९ मा केही प्लस हुने बताए । महाधिवेशनले केन्द्रीय समितिको निर्वाचन गर्ने र समितिले अध्यक्षसहितका पदाधिकारी निर्वाचन गर्ने बताए । सहमति नभएको अवस्थामा निर्वाचनमा जाने महराले बताए ।

केन्द्रीय सदस्य युवराज दुलालका अनुसार प्रचण्डले सम्मेलनलाई महाविधेशनमा रुपमान्तरण गर्नुका कारण बैठकमा राखेका थिए ।प्रचण्डले वडादेखि प्रदेशसम्म अधिवेशनकै सबै प्रक्रिया पुरा गरेर आएको र केन्द्रमा पनि त्यस्तै हुने भएकाले महाधिवेशन भन्नु उपयुक्त हुने बताएका थिए । ‘हामी नयाँ केन्द्रीय समितिको निर्वाचन पनि गर्ने भएपछि यो सबै हामीले गरेको प्रक्रिया हेर्दा नाम राष्ट्रिय सम्मेलन दिए पनि महाधिवेशनकै निम्ति गर्‍यौ,’ प्रचण्डको भनाइ थियो ।

प्रचण्डले आफ्ना कुरा राखेपछि हलले उनको प्रस्तावलाई अनुमोदन गरेको दुलालले बताए । उनका अनुसार केन्द्रीय समिति बैठक स्थगनमात्रै भएको र आवश्यक निर्णय लिन जतिबेला पनि बैठक बस्न नसक्ने बताए ।

 

प्रकाशित मिति: Dec 26, 2021

प्रतिक्रिया दिनुहोस्