जेष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउने सबैको साझा दायित्व : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले जेष्ठ नागरिकको जीवन यापनलाई सहज र सम्मानित बनाउने सबैको साझा दायित्व भएको बताएका छन् ।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री देउवाले दिन प्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको संख्यालाई उचित व्यवस्थापन गरी सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।