रहरै रहरैमा वित्यो जिवन
रहरै रहरैमा वित्यो जिवन
हिजो तिमीलाइ पाउने रहर थियो
तर वाध्यताले अर्कैलाई आफ्नो वनाउनु पर्यो ।।
तिमीलाई भेट्न अगाँलोमा वेर्ने रहर थियो
तर वाध्यता भनु वा के भनु अर्कैको आँगालो बेरिन पुगे ,
तिम्रो र मेरो भेट रहरै रहरमा सिमीत रह्यो ।।
न साथ वस्न पाइयो
न आफ्नो भनेर अँगालोमा वेर्न नै पाइयो ,
यो कस्तो रहर जाग्यो कुन्नी
कहिले नै पुरा गर्न नस्कने ।।
खुशि त हुने प्रयास गरेका छौ
आफ्नो आफनो संसारमा
तर पनि मलाई लाग्छ न तिमी खुशि छौ न म नै ।।
एक दिन मैले सोधे उसलाई
अरुको खुशिलाई छाडेर
हामी आफ्नै खुशिलाई रोज्ने पो हो कि
येसो भन्दै गर्दा ऊ डरले हो या लाजले,
त्यो दिन देखि कता हरायो कता ।।
न उसमा आँट नै पाँए न उसमा रहरनै
बल्ल थाहा भयो मलाई
म भ्रममा पो बाँचेको रहेछ्ु ।
त्यो मेरो मात्र रहर थियो उसको होइन ।।