Logo
१३ माघ २०७८, बिहीबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशसभा बैठक अर्को सूचना नआएसम्म स्थगित

बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। एमालेको अवरोधपछि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको हो।

बिहीबार बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो पार्टीले उठाएका प्रश्‍नहरूको जवाफ दिनुपर्नेमा उनी आफैँ बैठकमा अनुपस्थित रहेको भन्दै बैठक अवरोध गरेको थियो।

एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने, मुख्यमन्त्री पाण्डेले धादिङमा दिएको सार्वजनिक अभिव्यक्तिीबारे माफी माग्नुपर्ने र मन्त्रालय विभाजनको विषय सदनमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो।

एमालेको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।

 

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्