Logo
१३ माघ २०७८, बिहीबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशसभाको बैठक आज बस्ने

बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजेका लागि तय भएको हो ।मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि आज पहिलो प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठक अघि साढे एघार बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ ।

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली काँग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जसपाका एक, नेमकिपाका दुई, राप्रपाका दुई, विवेकशील साझाका तीन गरी कूल १०९ सांसद रहेका छन् ।

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्