Logo
१३ बैशाख २०८१, बिहीबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिट चोर्ने नदिएको भन्दै आरआर कलेजका विद्यार्थीद्वारा शिक्षकलाई कुटपिट

परीक्षामा चिट चोर्ने नदिएको भन्दै रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् ।

क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् । कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् ।

उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको बताए । उक्त घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ ।

 

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्