Logo
१३ बैशाख २०८१, बिहीबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिजो र आज (दीपा रेग्मीको कविता)

              *दीपा रेग्मी

हिजो तिमीले टाढै वाटै वोलाउने गथ्यौं
आज कुममा कुम ठोकिँदा पनि नचिने झै गर्यौ ।
हिजोको बोलाई देखावटी जस्तो लाग्यो
आजको वोलाई केवल औपचारीक मात्र ।।

हिजो पनि तिमीले मलाई सोधे झै लाग्थ्यो
आज पनि तिमीले मलाई सोध्यौ ।
हिजो सोधाइमा तिम्रो स्वार्थ थियो
आजको सोधाइमा केवल वाध्यता मात्र ।।

हिजो तिमी विना बाँच्न सक्दीन् भन्थ्यौ
आज हाँसीखुसी बाँचेको म देख्छु ।
हिजोको बचाँइ देखावटी जस्तो लाग्यो
तर आजको बचाँइ तिम्रो र मेरो नयाँ जिन्दगीको सुरुवात लाग्यो

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्