Logo
१३ बैशाख २०८१, बिहीबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस इन्डिया मानसा वाराणसी कोरोना संक्रमित

‘मिस इन्डिया २०२०’ मानसा वाराणसी कोरोना संक्रमित भएकी छन् । ‘मिस वल्र्ड’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिकोमा पुगेकी उनलाई कोरोना संक्रमण देखिएको हो ।

‘मिस वल्र्ड’ प्रतियोगीतामा उनी सहित १७ प्रतियोगीमा कोरोना संक्रमण देखिएको छ । सबैलाई पुएर्तो रिकोमा आइसोलेशनमा राखिएको छ ।

उनी भारतको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०२१’ मा सहभागी भएकी थिइन् ।प्रतियोगिताका प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि आयोजकले फाइनल स्पर्धा स्थगित गरेको थियो ।

कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्