Logo
११ बैशाख २०८१, मंगलबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमिस उषा खड्गी र निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन

पुर्व मिस नेपाल उषा खड्गी तथा बरिष्ठ कलाकार निर्मल शर्माले संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरेका छन् । गोंगबु बिजी मलको अपोजिट रहेको सुबिधा सम्पन्न होटलको आज कलाकार द्धयले उद्घाटन गरेका हुन् ।

पुर्व मिस नेपाल खड्गी र शर्मा होटल ह्वाइट हाउसका ब्राण्ड एम्बेसडर पनि हुन् । होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको खड्गीले बताइन् । होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको शर्माको भनाई छ ।

‘पर्यटन व्यवसायले देशको सबै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ’ शर्माले भने ‘पर्यटनको लागि आवश्यक धेरै पूर्वाधार मध्य एक होटल पनि हो ।’

होटल ह्वाइट हाउस अपार्टमेन्ट रुम र फरक अवधारणका साथ सञ्चालनमा आएकोले आफ्नो रोजाइमा परेको शर्माले सुनाए ।बुद्ध शाहीले सञ्चालनमा ल्याएको यो होटलमा जम्मा १२ वटा रुम रहेका छन् ।

प्रत्येक रुममा फरक फरक इन्टिरियर डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ । जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ। २४ घण्टानै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको ब्यबस्था गरिएको होटलले जनाएको छ ।

भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लवी पनि छ । जसमा बसेर गेस्टले आफ्ना अतिथिलाई समेत भेट्न सक्नेछन् ।

‘टिपिकल्ली नेपाली खाना र शान्त वातावरणमा गेष्टलाई खुसी पार्न होटलले विभिन्न सुविधा समेत राखेको छ’ सञ्चालक शाहीले भने ‘स्वास्थ्यलाई मध्यनजर राखेर हामीले मार्वलको ठाउँमा समेत नेपाली काठ प्रयोग गरेका छौ ।’

सौराहा, चितवन र नगरकोटपछि पछि होटल ह्वाइट हाउसको शाखा अहिले गोंगबुमा सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्