प्रकाशमानसँग भोटमाग्न पुगे प्रधानमन्त्री देउवा चाक्सीबारी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा निर्वाचन हुने भएपछि फेरि नेताहरुको दौडधूप सुरु भएको छ ।
सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् ।
दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा आज सिंह निवास चाक्सीबारी पुगेका हुन् ।त्यसअघि पनि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले प्रकाशमानसँग भेट गरेका थिए ।
यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए ।
दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ ।