Logo
२७ आश्विन २०८१, आईतबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट दुबै सदनको अधिवेशन शुरु हुने, ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची

आजबाट दुबै सदनको अधिवेशन शुरु हुने भएको छ । आज दिउँसो २ बजे दुबै सदनको अधिबेशन शुरु हुुन लागको हो । अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्को दशौँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय०, पहिलो संशोधन अध्यादेश-२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश-२०७८ पेश गर्नुहुने छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश-२०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रमुख बिपक्षी एमालेले सभामुख अग्नी प्रसाद सापकोटको भुमिकामाथि प्रश्न उठाउँदै यसअघिको अधिबेशन अवधिभर अवरोध गरेको थियो ।आज हुने संसद् अधिवेशनमा कस्तो भूमिकामा निर्वाह गर्ने हो भनि चासोकोरुपमा हेरीएको छ ।

यद्अपि एमालेले जबसम्म हामीले निस्कासित गरेका सांसद उपस्थित हुन्छन् तब सम्म हामी संसद् चल्न दिदैँनौ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएका छन् ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्