Logo
१३ बैशाख २०८१, बिहीबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्जुन रावलको नयाँ गीत ‘यो मौषम बेसरम’ सार्वजनिक

युवा तथा सम्भावना बोकेका सर्जक तथा कुसल गायक अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम भर्खर मात्र सार्वजनिक भएको छ ।

नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने रावलले सार्वजनिक गरेको पछिल्लो गीतमा समेत शब्द,संगीत तथा आवाजमा निकै उत्कृष्टता देख्न सकिन्छ । गीत संगीतलाई अत्यन्तै माया गर्ने अर्जुनले गीत सार्वजनिक भएपछि साथीभाईहरुबाट राम्रो प्रतिक्रियाहरु आइरहेको र यसले आँफुलाई आगामी दिनमा अगाडी बढ्न अझ हौसला मिलेको बताउनु भएको छ ।

उनको पछिल्लो गीतमा माया प्रेमलाई शब्द संगीत मार्फत निकै कलात्मक रुपमा उठाउन खोजिएको छ । गीतमा सुमधुर आवाज सहित रावलले संगीत समेत सिर्जना गरेका छन । बहुप्रतिभाका धनि रावलले गीतमा दमदार अभिनयकला समेत प्रस्तुत गरेका छन । गीतका शब्द भने ललिता कुँवरले सिर्जना गरेका हुन ।

म्युजिक भिडियो रावललाई मारिया कार्कीले साथ दिएकी छन भने म्युजिक भिडियो निर्देशन समेत अुर्जन आँफैले गरेका छन । गीतलाई Amaira entertainment ले बजार ब्यवस्थापन गरेको छ । गीतको पुरै भिडियो यहाँ हेर्नु सक्नुहुने छ ।

 

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्