Logo
२७ आश्विन २०८१, आईतबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यबाट २७ जनाले फिर्ता लिए उम्मेदवारी

काठमाडौंमा शुक्रबारदेखि जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन समितिको कार्यतालिका अनुसार शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिने अन्यमा विष्णु पौडेल (खस आर्य), अनु गुरुङ (जनजाति महिला), शकुन्तला शर्मा (महिला), महेककुमार कर्माचार्य (अल्पसंख्यक), सिंहबहादुर राना (जनजाति खुला), संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत (खस आर्य) र माधवप्रसाद आचार्य छन् ।

केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति), दिपक अधिकारी (खसआर्य) छन् ।

यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला)ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।निर्वाचन समितिले साढे एक घण्टा बढाउदैँ उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो ।

 

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्