Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“तिमी वारी म छु पारी, बिचमा कुनै पुल छैन”

“तिमी वारी म छु पारी, बिचमा कुनै पुल छैन”

सुन भन्दा सुन्दर मुहार, जाच्ने कुनै कसी छैन
कती लेखौं तिम्रो बारे, त्यती धेरै मसी छैन |
त्यती राम्रो मुहारलाई, सुहाउने फूल छैन
तिमी वारी म छु पारी, बिचमा कुनै पुल छैन ||

कुन कुन गुणको बर्णन गरौं, कुनैको नि कमि छैन
कस्लाई भनौं मनको कुरा, साथमा कोही लमी छैन |
एक्लै आउन डर लाग्छ, घोडा जन्ती हुल छैन |
तिमी वारी म छु पारी, बिचमा कुनै पुल छैन ||

टुसाएको प्रेम रोप्न, मलिलो कोही फांट छैन
अघि पछी लागे पनि, बोल्ने केही आंट छैन ||
मेरो माया ब्यक्त गर्न, झुन्ड्याउने तुल छैन
तिमी वारी म छु पारी, बिचमा कुनै पुल छैन ||

परिचय के पो दिऊं खै, मेरो कुनै कुल छैन
सागर सरि मेरो माया, जस्को कुनै मुल छैन |
मात्र एउटा कुरा थाहा छ, मायामा केही भुल छैन
तिमी वारी म छु पारी, बिचमा कुनै पुल छैन ||
तिमी वारी म छु पारी, बिचमा कुनै पुल छैन ||

सागर

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्