लिङ्देनमाथि ओली कटाक्ष : ‘भर्खरको बाच्छो हिँड्न जान्दैन र अलि बढी कुद्छ’
एमाले अध्यक्ष केपी ओलीले हरेक नेता चोर हुन्छ भन्दै यस्ता कुरा बोकेर हिँड्ने भनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन माथि प्रश्न गरेका छन् । लिङ्देनले जनताले नेतालाई चोरको रूपमा चित्रित गर्न थालेको अभिव्यक्ति दिएपछि ओलीले प्रश्न गरेका हुन् ।
नेपाली कांग्रेसको १४ औं नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने ‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ?हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई’, ओलीले कटाक्ष गरे, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने राजेन्द्रको अभिव्यक्तिप्रति विमति जनाउँदै जनताले नेताहरूलाई जनताले सम्मान नै गर्ने बताएका थिए । ‘एकजना वक्ताले नेताहरूलाई गाउँघरमा चोर आए भन्छन् जनताले भन्नुभयो । तपाईँहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ? होइन यो गलत हो । यो केको निम्ति भनियो । जतिबेला राजनीतिक दललाई बदनाम गर्न खोजिन्छ । निरंकुश र तानाशाही जन्माउने षड्यन्त्र हो भने बुझ्नु पर्छ । कहीँ न कहीँ तानाशाही त्यसरी आउँछ । म यसतर्फ सतर्क गराउन चाहन्छु ।’ प्रचण्डले भने ।
यस अघि सोही कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका थिए । जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको उनको टिप्पणी थियो । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनको दाबी थियो । ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’, उनको भनाइ थियो ।