Logo
८ बैशाख २०८१, शनिबार
(December 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपाका नेता हर्षवर्धनले भने : ‘आफूले पहिलो पटक यतिका पूर्व प्रधानमन्त्री एउटै मञ्चमा देखेँ’

भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा. हर्षवर्धनले आफूले पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको बताएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो भारतमा पनि देख्न नपाएको नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको धारणा राखेका हुन् ।

उनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै विश्वमा यस्तो कतै पनि नदेखिएको समेत बताए ।

उनले केही दिन पहिले एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफै उपस्थिति भएको कुरालाई उल्लेख गर्दै नेपाली राजनीतिक दललाई बधाई दिए । नेपाल-भारतको सम्बन्धबारे कुरा राख्दै उनले सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको जिकिर गरे ।

त्यस्तै कोभिडमा पनि भारतले नेपालीका लागि औषधीको व्यवस्था गरेको स्मरण गरे । ‘कोभिड भारतमा पनि थियो तर नेपाल–भारतको सम्बन्ध यस्तो छ, त्यसका आधारमा भारतले नेपाललाई सहयोग गरेको थियो,’ उनले भने । त्यो बीचमा भारतका प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच दुईपटक भेट भएको धारणा राखेका थिए ।

नेपालको बारेमा भारतका प्रधानमन्त्री मोदी निकै चिन्तित रहेको बताउँदै नेता हर्षवर्धनले नेपाल–भारत बीचको सम्बन्ध अद्भुत रहेको बताए ।

नेपाल-भारतको बीचमा रहेको मुटुको सम्बन्ध, सामाजिक सम्बन्धलाई अझै बढाउनुपर्ने कुरामा जोड दिँदै उनले नेपाल अझ समृद्ध होस् भनी कामना गरे । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिए ।

 

प्रकाशित मिति: Dec 10, 2021

प्रतिक्रिया दिनुहोस्