कांग्रेसमा तीन सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने तयारी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा केन्द्रीय कार्य समिति र पदाधिकारीको संख्या थप्ने प्रस्ताव गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको अन्तिम बैठकमा तीन सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको सङ्ख्या थप गर्ने प्रस्ताव आउन लागेको एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेसमा हाल १६७ सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा अब ५८ सदस्य थपेर २२५ सदस्यीय बनाउने तयारी भइरहेको छ ।