Logo
२८ आश्विन २०८१, सोमबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज विवाहपञ्चमीको पाचौं दिन रामसीताको मटकोर मनाइँदै, भोलि विवाह

आज रामजानकी विवाहपञ्चमीको पाचौं दिन आज जनकपुर धाममा रामसीताको मटकोर विधि मनाइँदै छ ।

जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर आज दिउँसो मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

मटकोरमा प्रसादको रुपमा भिजाइएको चना, चामल र खाने तेल वितरण हेर्न जाने श्रद्धालुलाई वितरण गर्ने गरिन्छ । विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ ।

आज मटकोटर सकिएपछि भोली बुधबार भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर र विवाहको काज हुने छ ।सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको पहिलो शुक्रबार नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ र चौथो दिन (सोमबार) तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

भोली विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए ।

 

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्