सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहलाई युवा नेताहरूको दबाब
कांग्रेसको संस्थापनइतर पक्षमा सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहलाई युवा नेताहरुले आग्रह गरेका छन् । सभापतिको साझा उम्मेदवार चयनका लागि संस्थापनइतर पक्षका युवा नेताहरूले हस्तक्षेप गर्ने निर्णय गरेका छन् ।
मंगलबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका युवा नेताहरूको बैठकले नेताहरू इमानदार नभए मतदानमार्फत आफ्नो पक्षबाट सभापतिका लागि साझा उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो ।
पौडेल समूहमा सभापतिका लागि वरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिका आकांक्षी छन् । सभापतिको साझा उम्मेदवार चयनका लागि दिउँसो १ बजे पौडेल पक्षको छलफल हुँदैछ ।
आजको बैठकले निर्णय नदिए जिल्ला सभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरूको भेला राखेर निर्णय लिने केन्द्रीय सदस्य धनराज गुरुङले बताए ।
ु