Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी पास गर्न मंसिर २८ मा दुवै सदनको बैठक आव्हान गरीएको खुलासा

एमसीसी पास गर्न  राष्ट्रपति विद्द्यादेवी भण्डारीले गर्न २८ मंसिरका लागि दुवै सदनको बैठक आव्हान गरिएको खुलासा भएको छ ।

अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न २८ मंसिरका लागि संसद बैठक डाक्न सिफारिश भए अनुसार राष्ट्रपति  भण्डारीले दुवै सदनको बैठक आव्हान गरेको खुलेको हो ।

उक्त दिनभित्र एमसीसीबारे टुंगो लगाउन अमेरिकाले समयसीमा दिएको छ ।अमेरिकी विदेश सहायक विदेशमन्त्री डोनाल्ड लू नोभेम्बरमा नेपाल आएर एमसीसीबारे निर्णय दिने समयसीमा दिएर गएका थिए ।

अमेरिकाले कूटनीतिक माध्यमले समयसीमा दिएपछि २८ मंसिरमा एमसीसीबारे टुंगो लाग्नसक्ने बुझिएको छ ।यसैगरी, २८ मंसिरकै दिन एमसीसी निर्देशक समितिको बैठक तय भएको छ । उक्त बैठकमा नेपालको एमसीसीको विषय पनि एजेन्डामा राखिएको छ ।

नेपालको सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी संशोधनको विषय उठाउँदै आएका छन् ।

एमसीसी संसदमा अगाडि बढ्ने भएपछि सत्ता गठबन्धनका दलहरुले के गर्ने हुन् चासो बनेको छ । एमसीसीबारे नेपाली काँग्रेस जस्ताको तस्तै पारित गर्ने पक्षमा छन् ।

माओवादी र एस संशोधनविना पारित गर्न नहुने पक्षमा छन् । एमसीसीबारे गठबन्धनभित्र सहमति नबनेमा नयाँ घटनाक्रम विकास हुनसक्छ ।

एमसीसीबारे गठबन्धनको धारणा आएपछि मात्र आफूहरुले बोल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्माले स्पष्ट पारिसकेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । रिपोर्टर्स नेपाल

 

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्