सर्वोच्च अदालतमा तोकियो ११ वटा इजलासमा १३६ मुद्दाको पेसी
सर्वोच्च अदालतमा आज सुनुवाइका लागि ११ वटा इजलास गठन भएको छ । उक्त इजलासमा बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिए पनि सुनुवाइ भने सुरु हुन सकेको छैन ।
सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।
सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तरिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
कोरोना संक्रमणको कारण सोमबार अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज डिस्चार्ज भई घर फर्किएका छन् ।