Logo
१३ बैशाख २०८१, बिहीबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य तोलामा २ सयले घट्यो

नेपाल सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर ९१ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतार चढावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्