Logo
१३ बैशाख २०८१, बिहीबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षाफल प्रकाशित, नतिजा यसरी हेर्नुहोस् !

राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिस्टममा अपलोड हुँदै छ, केही समयमा हेर्न मिल्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://neb.ntc.net.np  लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि ल्भ्द्य टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्