Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको जनाएको छ। आज नै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको हो ।

नतिजा सार्वजनिक गर्नेलगायत विषयमा छलफल गर्नका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। बोर्डकाअनुसार नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भइसकेको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्