Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री प्रियंका र निकको विवाहको ३ वर्ष पुरा, क्यान्डललाइट डिनरको आयोजना !

बलिउड तथा हलिउड अभिनेत्री प्रिंयका चोपडा र अमेरिकी गाएक निक जोनसको विवाह भएको आज ३ वर्ष पुरा भएको छ ।

यो जोडीले आज (२ डिसेम्बर)आफ्नो विवाहको विवाहत्सव मनाइरहेका छन् । आज प्रियंका र निक निकै रोमाण्टिक हुँदै रमाइलो गरिरहेका छन् ।

विवाहउत्सवको अवसरमा सुन्दर जोडीले रोमाण्टिक क्यान्डललाइट डिनरको आयोजना गरेका छन् । यसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

भिडियोमा प्रियंका एक कुर्सीमा बसीरहेकी छिन् उनले क्यामेरामा हेर्दै हाइ गरेकी छिन् । भिडियो शेयर गर्दै निकले लेखेका छन् ‘३ वर्ष ।’

प्रियंकाले पनि एक तस्बिर सामाजिक सञ्जाल अकाउन्टमा शेयर गरेकी छिन् । तस्बिरमा एक कार्ड देखिएको छ । जसमा लेखिएको छ, ‘सपने को जीना’

प्रियंका र निकले २०१८ मा जोधपुरमा हिन्दु र क्रिश्चियन रीतिरिवाजबाट विवाह गरेका थिए । १ र २ डिसेम्रबमा यो जोडीको विवाह भएको थियो ।

 

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्