Logo
२६ आश्विन २०८१, शनिबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न गठबन्धनको सुझाव

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न पाँच दलका शीर्ष नेताहरुको बैठकले सुझाव दिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

बालुवाटारमा आज बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरू सहभागी छन् ।

न्यायालयमा देखिएको विवाद समाधानका लागि नेपाल बार एशोसिएसन एक महिनादेखि लगातार आन्दोलनमा छ। उनीहरुले गठबन्धनका शीर्ष नेतालाई भेटेर न्यायालयको विवाद समाधानका लागि अग्रसरता देखाउन आग्रह गर्दै आएका छन्।

 

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्