Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बारका प्रतिनिधि र सर्वोच्चका न्यायाधीशहरुबीच छलफल

नेपाल बार एशोसिएशनका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बिहीबार छलफल हुने भएको छ ।

प्रधानन्यायाधीशको अनुपस्थितिका बाबजुद वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम नतोकिएको भन्दै बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बिहीबार छलफल हुन लागेको हो ।

बार एशोसिएशनले बुधबार विज्ञप्ति जारी गर्दै वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम तोक्न माग गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थताका कारण अदालतमा उपस्थिति नभए पनि कायम मुकायम नतोकेका कारण बारले आपत्ति जनाएको हो ।

कायम मुकायम नतोकिएकै कारण बार एशोसिएशनले बुधबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएपछि अन्य मुद्दाहरुको सुनुवाइ प्रभावित भएको थियो ।

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्