Logo
८ बैशाख २०८१, शनिबार
(December 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तान्जानियाका टिकटक स्टार दाजु बहिनीलाई बलिउडमा अफर !

पछिल्लो समयमा सामाजिक सञ्जालमा तान्जानियाका दाजु बहिनी भाइरल भइरहेका छन् । उनीहरु सोसल मिडियामा भाइरल भएसँगै दुई दाजु बहिनीले बलिउडमा अफर पाएका छन् ।

सङ्गीत निर्देशक तनिष्क बागचीले ‘किली पल’ लाई मेसेज गरेर सँगै काम गर्ने अफर दिएका छन् । किलीले यो मेसेजको स्क्रिनसट पनि आफ्नो इन्स्टा स्टोरीमा सेयर गरेका छन् ।

किली र उनकी बहिनीको भिडियो निकै चर्चित हुने गर्छ । बलिउड कलाकारले पनि उनीहरुको भिडियो सेयर गर्ने गर्छन् ।तनिष्कका सङ्गीत निर्देशनमा नै शेरशाहको गीत रातां लम्बियां बनाइएको हो ।

जब किली र उनकी बहिनीले यसमा लिप्सिङ गरे तब यो भाइरल भयो । तनिष्कले मेसेज गरेर किलीलाई यो तपाईंहरु दुबैको भिडियो हो भनेर सोध्दा किलीले जवाफ दिए, ‘हो, तर दुःखको कुरा कसैले पनि क्रेडिट दिँदैनन् । ’

 

View this post on Instagram

 

A post shared by Kili Paul (@kili_paul)

 

प्रकाशित मिति: Dec 1, 2021

प्रतिक्रिया दिनुहोस्