Logo
७ बैशाख २०८१, शुक्रबार
(December 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिमा बाला चतुर्दशीको मेला लाग्ने, मास्क लगाएर मात्र प्रवेश गर्न आग्रह

कोरोना जोखिम न्यून भएकाले यसपालि पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ ।

कोरोना जोखिम न्यून भएकाले यसपालि स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेलाको तयारी गरिएको पशुपति कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए ।

गएको वर्ष कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् ।

यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । भोलि महादीपदान र पर्सि बिहान शतबीज छर्ने दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोरोना जोखिम न्यून भए पनि पूर्णरुपमा नियन्त्रण नभएकाले भक्तजनलाई मास्क लगाएर पशुपति क्षेत्रमा प्रवेश गर्न कोषले आह्वान गरेको छ । यस्तै, कोषले शतबीज छर्न जानेहरुका लागि ठाउँ ओगट्नका लागि अग्रिम नाम दर्ता गराउनु पर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: Dec 1, 2021

प्रतिक्रिया दिनुहोस्