Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओमिक्राेनको जोखिमपछि अष्ट्रेलिया र जापानले पुनः बन्द गरे विद्यार्थीमा भिसा

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् । सो निर्णयबाट नेपालसहित धेरै देशका विद्यार्थी प्रभावित हुने छन् ।

अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध तत्कालका लागि दुई सातासम्म लागू हुनेछ ।

जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तर्राष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । कोभिडको नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगको हवाई यात्रामा रोक लगाएका थिए ।

प्रकाशित मिति: Dec 1, 2021

प्रतिक्रिया दिनुहोस्