Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतले गर्यो सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मंगलबार स्थगित गरेको छ ।

अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौँसम्म जेल सजाय दिन सक्ने बताइएको छ ।

दक्षिण पूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कु भएको थियो । यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो ।

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश हजार भन्दा बढी पक्राउ परेका छन् ।

अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो – यस मुद्दा साबित भएका सुकीलाई तीन वर्षको जेल सजाय हुनेछ । यस मुद्राको फैसलालाई डिसेम्बर छ सम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ ।

मंगलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन् ।

अदालतको कोठा अदालतको फैसलाका लागि पत्रकारहरूका लागि सीमित रहनेछ, जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाई बताएका छन् ।

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्