Logo
२७ आश्विन २०८१, आईतबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक चितवनमै हुने

नेकपा एमालेको दसौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ ।

अनुसार दसौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहामै हुने भ एमाले नेता विष्णु रिजाल बताएका छन् । ।

यतिबेला बिहान सम्पन्न भएको निर्वाचनको मतगणना भइरहेको छ । बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

 

एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।

निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

 

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्