राप्रपा महाधिवेशन : अध्यक्ष प्रकाशचन्द्र लोहनीद्वारा राजेन्द्र लिङ्देनलाई समर्थनको घोषणा
राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा हुन् ।
पत्रकार सम्मेलनमा उनले विज्ञप्ति बाचन गर्दै पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई पनि लोहनीलाई अबको नेतृत्वमा स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको र त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने धारणा राखे ।