Logo
६ बैशाख २०८१, बिहीबार
(November 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको नयाँ प्रजाति ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

कोरोनाको नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरसबारे छलफल गर्न सीसीएमसीको बैठक आज बस्ने भएको छ । कोरोनाको नयाँ प्रजाति ‘ओमिक्रोन’ नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ

सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।

सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज (आइतबार) कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को बैठक बस्दै छ। बैठकमा स्वास्थ्य विज्ञहरुको समेतद सहभागिता रहने बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एक सातासम्म अनिवार्य क्वारेण्टाइन बस्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ।

बैठकमा कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।

नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो।

दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । कोभिड–१९ को नयाँ भेरियण्टप्रति सतर्क र सुरक्षित रहन सर्वसाधारणमा आग्रह गरेको छ।

 

प्रकाशित मिति: Nov 28, 2021

प्रतिक्रिया दिनुहोस्