Logo
२७ आश्विन २०८१, आईतबार
(November 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले महाधिवेशन : चुनावी कार्यतालिका अझै नबन्दा केन्द्रीय निर्वाचन समिति अन्योलमा

नेकपा एमालेको १० औँ महाधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण दिन रहेको छ । यतिबेलासम्म निर्वाचन गर्ने कि सहमतिमै नेतृत्व चयन गर्ने भन्नेबारे प्रस्ट नभएको र अध्यक्षमण्डलबाट कुनै निर्देशन नआएका कारण केन्द्रीय निर्वाचन समिति के गर्ने भन्नेबारे नै अन्योलमा देखिन्छ ।

बिहान ८ बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि केन्द्रीय निर्वाचन समिति भने अध्यक्षमण्डलको निर्देशन कुरेर बसिरहेको छ ।शनिबार बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयन गर्ने प्रस्ताव भएअनुसार केपी शर्मा ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्य सम्बन्धी प्रस्ताव पेस गर्न जिम्मेवारी दिइएको छ ।

यद्यपि, त्यस्तो प्रस्ताव अहिलेसम्म प्राप्त नभएको र निर्वाचन नै गराउने कि नगराउने भन्नेबारे पनि प्रस्ट निर्देशन नआएका कारण केन्द्रीय निर्वाचन समिति अन्योलमा परेको छ ।

निर्वाचनमार्फत नै नेतृत्व चयन गर्ने अवस्थामा उम्मेदवारको मनोनयन दर्ता, मनोनयनमाथि दाबी विरोध, उम्मेदवारी फिर्ता, मतदान लगायतका प्रक्रियाको तयारी गर्न समय लाग्ने केन्द्रित निर्वाचन समितिको भनाइ छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजकका अनुसार अध्यक्ष मण्डलको निर्देशन नआएकै कारण निर्वाचन प्रक्रियासम्बन्धी काम सुरु हुन सकेको छैन । अध्यक्ष मण्डलले निर्देशन दिनासाथ प्रक्रिया सुरु हुने संयोजको भनाइ रहेको छ ।

 

प्रकाशित मिति: Nov 28, 2021

प्रतिक्रिया दिनुहोस्